Next »
« Previous

Marijuana - the most potent drug


 गाजा भनेको सुरुवाती ड्रग हो।

संसारमा जतिपनि मानिसहरु ड्रगको समस्यामा परेका छन् , ती मध्ये धेरै जसो ले सबैभन्दा पहिले गाजा नै प्रयोग गरेको पाईन्छ। विश्व संगठन ले जनाए अनुसार जसले गाजाको प्रयोग गर्छ अन्तमा त्यो व्यक्ती अरु अन्य ड्रग को पनि प्रयोग गर्न पुग्दछ, जस्तै कि चरेस, ओफिम, हेरोइन, कोकिन आदि।
 
गाजा पहिलेको तुलनामा अझ बडि शक्तिशाली र हानिकारक भएको पाईन्छ।
 
गाजामा पाइने सबैभन्दा हानिकारक राशायन भनेको THC अथवा tetrahydrocannabinol हो। यस बाहेक अन्य सयौं किसिमका केमिकलहरु गाजामा पाईन्छन् । समय सङसङै गाजाको उत्पादनमा नयाँ नयाँ तरिकाको प्रयोग हुन थालेको छ, जसको कारणले गर्दा यसमा रहेको THC दिनानुदिन झनै शक्तिशाली र हानिकारक हुँदै गएको पाईन्छ। 
१९८६ देखि २००९ सम्म आईपुग्दा THC को मात्रामा ३% देखि १०% ले वृद्धि भएको पाईन्छ। यसको परिणाम स्वरूप व्यक्ती मा तनाब, नैराश्यता, मानसिक पिडा, रिसाउने, इत्यादि समस्याहरु देखा पर्दछन् ।
 
गाजाको प्रयोगले पढ्ने अथवा प्रगती गर्ने क्षमतामा कमि ल्याउछ।
 
गाजाको प्रयोगले गर्दा एउटा व्यक्ती को पढ्ने-लेख्ने अथवा स्मरण गर्ने क्षमतामा कमि आउँछ। जसको फल स्वरूप उ पढाइ-लेखाइ अथवा जागिरमा गयल हुन्छ। सबैभन्दा बिडम्बना के छ भने जति पनि गाजा को दुरुपयोग गर्ने व्यक्तिहरु छन् ती सबैले १३ देखि १९ बर्षको उमेरमा यसको लतमा परिसकेका हुन्छन् ,तर यो समय भनेको नयाँ-नयाँ कुराको बरेमा जान्न बुझ्नको लागि सबैभन्दा बहुमुल्य समय हो।
 
गाजामा पाइने THC भन्ने राशायन लामो समय सम्म शरिरमा अड्किरहेको हुन्छ।
 
व्यक्तिले गाजा खान छोडेको लामो समय सम्म पनि यसमा पाईने THC भन्ने बिशादी राशायनिक पदर्थ शरिरमा रहिरहन्छ। यो सबै शरिरमा रहेको बोसो मा अड्केर बसेको हुन्छ, र यसलाई शरिरबाट पुरै निर्मुल पार्नु सबैभन्दा गारो काम हो।
 
गाजा सबैभन्दा एडिक्टिभ हुन्छ।
 
गाजा आफैमा एडिक्टिभ हुने मात्र होइन, यसको दुरुपयोग गर्ने ९ जना मध्य १ जना अन्य अरु ड्रगको प्रयोग गर्न गई पूर्णतया त्यसको नियन्त्रित अवस्थामा पुग्दछन। तर यदि कसैले आफ्नो किशोर अवस्था अथवा १३ देखि १९ बर्षको उमेरमा नै यसको दुरुपयोग गर्न थालेको छ भने, ती मध्य ६ जना मा १ जना ले अन्य अरु ड्रग खाने सम्भावना बढी रहन्छ।
गाजा को प्रयोग गर्न थालेको समयमा जति वृद्धि हुँदै जान्छ शरिरले पचाउन सक्ने क्षमताको पनि क्रमिक रुपले बिकास गर्दै जान्छ। जसको कारणबस गाजाले गर्ने असरमा कमि आउँछ र सोही आनन्द प्राप्त गर्नको लागि त्यसको मात्रा बढाउनु पर्ने हुन्छ, अथवा अन्ने अरु ड्रगको प्रयोग गर्नु पर्ने हुन्छ।
 
गाजाले कुनै रोग को निर्मुल गर्दैन।
 
गाजाको प्रयोग गर्नाले कुनैकिसिमको रोग निको हुन्छ भन्ने पौराणिक बिश्वास छ। अझै पनि कति मनिसहरु औसधि उपचारमा यसको प्रयोग हुन्छ भन्ने प्रचार प्रसार गर्छन् ।

Attachments#
No files
  • product1
  • Product2
  • Product3
  • Product4
  • Product5
  • Product6

Contacts

Transformations Nepal
Sukedhara
Kathmandu, Nepal

Phone no: +977-9851089447
                 +977-1- 4823139
                              4823140

Email: transformations_nepal@yahoo.com
          transformationsnepal@gmail.com